अस्ट्रेलिया। कोरोना भाइरसको संक्रमण दर दिन प्रति दिन फहिलिदै गएपछि अस्ट्रेलिया सरकारले उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्ट्रेलियाका विभिन्न सहरमा जारि गरेको लकडाउनको विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् ।
लकडाउनको विरोध गर्दै राजधानी सिड्नी तथा मेलबर्न र ब्रिस्वेनमा प्रदर्शन भएको हो । राजधानी सिड्नीमा मात्रै हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रहरीका अनुसार प्रदर्शनका क्रममा ५७ भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै अस्ट्रेलिया सरकारले कडा लकडाउन लगाएको छ । हालसम्म १४ प्रतिशत अस्ट्रेलियालीले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै उक्त प्रदर्शनमा उत्रिएकाले स्वतन्त्रताको पक्षमा नारावाजी गरेका छन् ।
यो पनि पढ्नुहोस :- एजेन्सी। टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्वीडेनले अस्ट्रेलियालाइ हराउँदै दोस्रो जित हात परेको छ।
अस्ट्रेलिया माथिको दोस्रो जितसँगै स्वीडेन नकआउट चरण नजिक पुगेको छ । जितपछि समूह ‘जी’ मा स्वीडेनको २ खेलबाट ६ अंक पुगेको छ । अष्ट्रेलियाको २ खेलबाट ३ अंक छ । समान एक खेल खेलेका न्युजिल्यान्ड र अमेरिका अंकविहीन छ । पहिलो खेलमा नै बलियो अमेरिकालाई ३–० ले सहजै पराजित गरेको स्वीडेनले समूहको दोस्रो खेलमा अष्ट्रेलियामाथि ४–२ को सहज जित हात पारेको हो ।
शनिबार साइतामा स्टेडियममा भएको खेलमा स्वीडेनको जितमा फ्रिडोलिना रोल्फोले दुई तथा लिना हर्टिग र स्टिना ब्ल्याक्सटेनसले समान एक गोल गरे ।
अष्ट्रेलियाकी सामान्था खेरले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । अष्ट्रेलियाको यो पहिलो हार हो । पहिलो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २–१ ले हराएको थियो । खेलको २० औं मिनेटमा फ्रिडोलिना रोल्फोले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाइ्न । ३६औं मिनेटमा सामान्था खेरले बराबरी गोल फर्काइन् । ४८औं मिनेटमा खेरले व्यक्तिगत दोस्रो गोल गरेपछि अष्ट्रेलियाले खेलमा अग्रता लिएको थियो ।
५२औं मिनेटमा लिना हुर्टिगले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन्।६३औं मिनेटमा रोल्फोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि स्वीडेनले खेलमा पुनः ३–२ को अग्रता लिन सफल भयो । ८१औं मिनेटमा स्टिनाले गोल गर्दै स्वीडेनलाई समूह चरणमा लगातार दोस्रो जित दिलाइन् ।

