हुनत! नेपाली विद्यार्थीको पहिलो रोजाईको गन्तव्य बनेको अस्ट्रेलिया पनि अहिले लकडाउनमा छ । जसका कारण नेपाली विद्यार्थीहरु अहिले अप्ठेरोमा परेका छन्। तर उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने देशको कुरा गर्ने हो भने त्यो हो अस्ट्रेलिया।
उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदारी पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एकतिहाइ त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् । नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यत्रबाट आउनेभन्दा बढी छ ।
अस्ट्रेलियाको शिक्षा प्रणाली, सुरक्षा व्यवस्था, अध्ययन पश्चात रोजगारीको अवसर, विश्वविद्यालयबाट लिएको डिग्रीको विश्वबजारमा माग र पढाइ सकेपछि अध्यागमन प्रक्रियालाई पूरा गर्न सकेमा स्थायी बासिन्दासम्म हुन सक्ने भएकोहुनाले पनि विद्यार्थीको अस्ट्रेलियाप्रतिको आकर्षण बढ्दै गएको छ । यहाँ पढाइस्रँगै हप्ताको २० घण्टा काम गरेर जसोतसो खान र बस्न सकिने र पढाई सके पछि २ वर्ष को पी एस डब्लु मा फुल टाईम काम गर्न पाउदा केहि पैसा पनि कमाइने भएकोले पनि अस्ट्रेलिया विद्यार्थीका लागि आकर्षणको गन्तव्य भएको हो।
विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री, लगानीको सुरक्षा, सहज जीवनयापन र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलियाप्रति नेपाली विद्यार्थीहरुको आकर्षक बढेको हो । यीनै कारणहरुले गर्दा प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थीहरुले शैक्षिक गन्तव्यको रुपमा अष्ट्रेलिया रोजिरहेका छन् । अहिले नर्सिङ, आइटी, इन्जिनियर, हस्पिटालिटी, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने योजना गरिरहेका नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया पहिलो विकल्प बनिरहेको छ ।
यति मात्र होइन, पढाई सकेपछि पीआर भीसाका लागि समेत आवेदन दिन सकिने भएकोले अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो शैक्षिक गन्तव्यमा पर्ने गरेको छ । सरकारले ल्याएको विदेशी विद्यार्थीमैत्री नीतिले पनि पढ्न जानेका लागि अष्ट्रेलिया उपयुक्त गन्तव्य बन्दै गएको हो ।

