eNepal

सिड्नीमा गरियो संकटकाल घोषणा, गत २४ घण्टाको यस्तो छ अवस्था

सिड्नी। कोरोना भाइरस(कोभिड-१९)को संक्रमण दिन प्रति दिन बढ्दै गएपछि अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार शुक्रबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संकटकाल घोषणा गरिएको हो। प्रिमियर ग्लाडिस बेरेजिक्लीयनले प्रदेश भित्रका सबैलाई खोपको व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो । राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको भएता पनि कोरोना संक्रमण बढ्दै गएपछि संकटकाल घोषणा गरिएको हो।

त्यसैगरी गत २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १ सय ३६ जना नयाँ संक्रमित थपिएका प्रदेश सरकारले जनाएको छ। यो संख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ। केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal