eNepal

संक्रमण बढेसंगै क्विन्सल्याण्डले न्यु साउथ वेल्ससँगको सिमाना बन्द गर्ने घोषणा

अष्ट्रेलिया। क्विन्सल्याण्डले न्यु साउथ वेल्ससँगको सिमाना बन्द गर्ने घोषणा गरेको छ ।

प्रिमियर अन्नास्तासिया पलास्जुकका अनुसार न्यु साउथ वेल्समा कोरोना संक्रमण बढ्दै गएपछि संक्रमण क्विन्सल्याण्डमा फैलिन नदिन सिमाना बन्द गरिएको हो। गत २४ घण्टामा न्यु साउथ वेल्समा २४ घण्टाको अवधिमा १२४ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि क्विन्सल्याण्डले न्यु साउथ वेल्ससँगको सिमा बन्द गर्ने घोषणा गरेको हो ।

शुक्रबार बिहान १ बजेदेखि सिमा नाका बन्द गरिने पलास्जुकले बताएकी छन। कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा सिमा बन्द गर्ने कदम चाल्नु आवश्यक भएको बारे उनले ट्वीटरमा उल्लेख गरेकी छन् ।

क्विन्सल्याण्ड र न्यु साउथ वेल्सको सिमा क्षेत्रमा बस्नेहरू अत्यावश्यक सामग्री किनमेल, हेल्थकेयर, शिक्षा र अशक्त व्यक्तिहरूको हेरचाह गर्ने कामका लागि मात्रै क्विन्सल्याण्डमा प्रवेश गर्न पाउनेछन् । अहिले न्यु साउथ वेल्स कोरोनाको हटस्पट भइरहेको छ । त्यस्तै, क्विन्सल्याण्डमा बस्नेहरू पनि सोही मापदण्ड अनुसार सिमा नाकासम्म जान सक्नेछन्। क्विन्सल्याण्डमा बस्ने व्यक्तिहरू अन्य राज्यबाट फर्किँदा १४ दिनको होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने बताइएको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal