eNepal

स्वास्थ्य मापदण्ड उल्लंघन गरेपछि न्यु साउथ वेल्सका सहायक प्रिमियरकी छोरीलाई १००० अष्ट्रेलियन डलर जरिवाना

अष्ट्रेलिया । स्वास्थ्य मापदण्ड उल्लंघन गरेपछि न्यु साउथ वेल्सका सहायक प्रिमियरकी छोरीलाई जरिवानामा परेकी छन्।

डोमेनिकामाथी क्युनबियानबाट एसिटि बोर्डरबाट सिड्नी हुँदै क्यानबेरा भएर गत शुक्रबार घर फर्किएको अभियोग लगाइएको छ। उक्त राज्यमा डेल्टा भेरियन्टको कोरोना भाइरस फैलिइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड उल्लंघन गरेपछि २० वर्षीया डोमेनिका बेरिलारोलाई १००० अष्ट्रेलियन डलर जरिबाना तिराइएको छ ।

त्यस्तै सहायक प्रिमियर बेरिलारोले यस विषयमा टिप्पणी गर्नुभन्दा पनि महामारी नियन्त्रणमा केन्द्रित हुने प्रतिक्रिया दिएको त्यहाँका सञ्चारमाध्यमहरूमा उल्लेख गरिएको छ। त्यसैगरी त्यहाँका प्रहरीका अनुसार डोमेनिकाले प्रहरीसमक्ष आफ्नो गल्ती स्वीकारेर क्षमा मागेकि थिइन साथै डोमेनिकाले प्रहरी अनुसन्धानमा समेत सहयोग गरेको डेपुटि पुलिस कमिशनर ग्यारी वोरब्वाइजले जानकारी दिए।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal