अस्ट्रेलिया। पछिल्लो २४ घन्टामा सिड्नीमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबर पत्रकार सम्मेलन गर्दै न्यू साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेक्जिलियनले गत २४ घण्टामा ४४ जना संक्रमित थपिएको जानकारी दिइन् ।
उक्त संक्रमितहरुमध्ये ३५ जना स्रोत भेटिएको छ । जसमध्ये २५ जना संक्रमित घरायसी सम्पर्कबाट फैलिएको पाइएको छ भने १० जना क्लोज कन्ट्याकबाट संक्रमित हुन् पुगेको उनले बताइन् ।जसमध्ये ९ जनाको संक्रमणको स्रोतबारे अध्ययान भइरहेको छ ।
यस्तै १० संक्रमितहरु आइसोलेसनमा बसेका छन् भने ८ केसहरु केही समय आइसोलेसन बसेको पाइएको छ । त्यस्तै १९ संक्रमितहरु समुदायस्तरमै संक्रमणमा परेका थिए भने ७ संक्रमितहरुको अस्था अध्ययनकै क्रममा रहेका छन् ।यसैगरी १ ओभरसिज संक्रमण पनि देखिएको प्रिमियरको भनाइ छ । न्यू साउथ वेल्समा महामारी शुरू भएसँगै संक्रमितको संख्या ५९२० पुगेको छ ।संक्रमण बढ्दै गएपछि यसको चेन ब्रेक गर्नको निम्ती सिड्नीमा पूर्ण रुपमा लकडाउन गरिएको छ ।

