क्यानबेरा। अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल नखोल्ने संकेत गरेको छ।
अस्त्रलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अष्टेलियालाई हतार नभएको अष्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले स्पष्ट पारेका हुन् ।
व्यापार मन्त्री टेहानका अनुसार सिमाना खुल्ला गर्नु कति ठिक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरुसँग परामर्श तथा छलफलहरु भइरहेको छ। कोरोना भाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको उनले बताएका छन। अधिकांश विज्ञ तथा सरोकारवालाहरुले दिएको सुझाव अनुसार तत्काल सिमाना खुल्ला गर्न हतार गर्न नहुने बताएका छन।
त्यस्तै विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरु पुरा गरेर हवाई यात्रुहरुलाई भने अष्ट्रेलियाले आवत जावत गर्न दिएको छ । गत अप्रिलदेखि न्यूजील्याण्ड र अष्ट्रेलियाका बीचमा हवाई सेवा खुल्ला गरिएको छ । तर सबै देश तथा क्षेत्रलाई अष्ट्रेलियासँगको सिमाना खुल्ला गर्न भने अस्वीकार गरिएको छ ।

