eNepal

कोरोना संक्रमित थपिएपछि अब सिड्नीमा मास्क अनिवार्य

सिड्नी। कोरोना भाइरसका संक्रमित थपिएपछि न्यूसाउथवेल्स राज्य सरकारले सिड्नी महानगरको पूर्वी क्षेत्रमा मास्क अनिवार्य गरेको छ ।

आगामी पाँच दिनका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको हो । कार्यालयमै भएका व्यक्तिहरुले पनि घर फर्किदा सार्वजनिक यातायातमा मास्क प्रयोग गर्न राज्यकी प्रिमियर ग्लेडिस बेरेजेक्लिनले आग्रह गरेकी छन। यस्तै ईन्डोर भेन्यूहरुमा पनि मास्क अनिवार्य गरिएको छ ।

त्यसैगरी एज्ड केयर र डिसएविलिटी सेन्टरहरुमा पनि सकेसम्म नजान र यदि जानै परेमा मास्क अनिवार्य लगाउन स्वास्थ्य अधिकारीहरुले भनेका छन। त्यहाँ प्रतिदिन दुईजनालाई मात्रै भ्रमण अनुमति दिइनेछ ।

यो पनि पढ्नुहोस:- पछिल्लो २४ घण्टामा भिक्टोरियामा गरिएका २५ हजार ६ सय ३५ परीक्षणमा एक जनालाई पनि कोरोना संक्रमित नभएको पाइएको छ ।

भिक्टोरियामा कोरोना संक्रमित नभेटिएपनि एक अन्तराष्ट्रिय यात्रीमा भने कोरोना भाइरस पोजेटिभ देखिएको छ । आज मध्यरातबाट कोरोना विरुद्ध लगाइएको प्रतिबन्धलाई थप खुकुलो बनाउने तयारी भइरहेका बेला यो सफलताले स्वास्थ्य अधिकारीहरुलाई राहत दिएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal