सिड्नी। नेपालमा संसद विघटन भएकोमा नेकपा माओवादी केन्द्रको प्रवासी शुभेच्छुक संस्था जनप्रगतिशील मञ्च अष्ट्रेलियाले विरोध जनाएको छ।
संस्थाले एक विज्ञप्ति जारि गर्दै नेपालमा संसद विघटन भएकोमा विरोध जनाएको हो। उक्त विज्ञप्तिमा हाल नेपाल कोरोना भाइरसको मह्यामारीले निकै चुनौतिपूर्ण स्वास्थ्य संकटबाट गुज्रीरहेको र यो माहामारी रोकथाम, उपचार र व्यवस्थापनमा केपी ओलीको सरकार पिर्णत्: असफल मात्र नभएर गलत नीति र लाचारीको कारण नागरिकले अनाहकमा अमुल्य जीवन गुमाउनु परेको भन्दै संस्थाले विरोध जनाएको छ।
कोरोना महामारी फैलिरहेको बेला जनताको स्वास्थ्यमा ध्यान दिनुपर्नेमा राजनीतिक खिचातानीमा केन्द्रित भएको भन्दै विरोध गरेको हो। उसले नेपालमा कोरोना प्रभावितको सहयोगका लागि आर्थिक संकलन जुटाउन लागेको पनि जनाएको छ ।
त्यसैगरी संस्थाका अध्यक्ष प्रविण कँडेलले जारी गरेको उक्त विज्ञप्तिमा देश विदेशका नेपालीहरुसँग हातेमालो गर्दै संस्थाले मानवीय सहायताकोलागि आर्थिक सहियोग जुटाउन लागेको कुरा समेत उक्त विज्ञप्तिमा जनाइएको छ।
यस्तो छ उक्त विज्ञप्ति:-


