eNepal

स्वर्गीय गायक प्रेमध्वज प्रधानको १३औं दिनको पुण्यतिथीमा मेलबर्नमा श्रद्धाञ्जली सभा आयोजना

मेलबर्न। प्रसिद्ध गायक तथा संगीतकार प्रेमध्वज प्रधानको १३ औं दिनको पुण्यतिथिमा मेलबर्नमा श्रद्धाञ्जली सभा आयोजना हुने भएको छ।

छातीमा समस्या देखिएपछि सुन्धारास्थित न्यूरो एण्ड जनरल अस्पताल भर्ना भएका प्रधानको बिहीबार(गएको मे ६ तारिख)मा निधन भएको हो।

वरिष्ठ गायक प्रधानको योगदानको स्मरण गर्दै सो दिन गायक गायिकाहरुले उनका कालजयी गीतहरु प्रस्तुत गर्नेछन् । साहित्य संगीत जमघटको आयोजनामा स्थानीय काठमाडौं व्यांक्वेट नर्थ मेलबर्न सिटीमा हुन लागेको कार्यक्रममा सहभागी हुनका लागि भिक्टोरियावासी नेपालीहरुलाई अनुरोध गरिएको छ । उक्त श्रद्धाञ्जली सभा साँझ ६ बजेदेखि हुनेछ।

यो पनि पढ्नुहोस:- गायक प्रेमध्वज प्रधानको बारेमा:-
प्रेमध्वज प्रधान प्रसिद्ध नेपाली गायक हुन्। वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो।

उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे। उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो। यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीतप्रति रूची राख्न थाले।
आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal