eNepal

सिड्नीको अबर्न नेपाली समाजको अध्यक्षमा रविन्द्रकुमार शर्मा चयन

सिड्नी। सिड्नीको अर्बन नेपाली समाजको अध्यक्षमा रविन्द्रकुमार शर्मा चयन भएका छन् ।

अबर्न पार्कमा आयोजित साधारणसभाले सिड्नीको अबर्नमा बसोबास गर्ने नेपालीहरुको संस्था अबर्न नेपाली समाजको अध्यक्षमा रविन्द्रकुमार शर्मा चयन गरेको हो।

त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र श्रेष्ठ र सविन डाँगी, रहेका छन भने क्रमश: महासचिवमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, युवा संयोजकमा युद्धिका कुँवर चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरमा मनोज अधिकारी, भुपेन्द्र कँडेल, आयुष अधिकारी, निशान कार्की, धिरेनबहादुर थापा र दिपेन्द्र घिमिरे छानिएका छन् ।

यस्तै समाजको सल्लाहकारमा दिनेशकुमार पोखरेल, पत्रकार मनऋषि धिताल, रमेश बानियाँ, राजकुमार श्रेष्ठ, शशी राई र राजु गिरी चयन भएका छन् भने निवर्तमान अध्यक्ष अशोक उप्रेति संस्थाको संरक्षक बनेका छन् । सिड्नीका अगुवाहरुको सहभागितामा सम्पन्न साधारणसभापछि एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष शर्माले स्थानीय काउन्सिलहरुसँगको सहकार्य र सहयोगमा सरकारी अनुदान प्राप्त गरी नेपाली समूदायलाई विभिन्न सुविधा प्रदान गर्ने कार्यमा आफ्नो योजना केन्द्रित रहेको बताए।

यो भन्दा अघि अध्यक्ष शर्मा संस्थामा ईभेन्ट कोअर्डिनेटरको भूमिकामा थिए । “हामीले सिड्नीमा नेपाल फेष्टिभल पछिको सबैभन्दा ठूलो कार्यक्रम आयोजना गरेका थियौं । १० हजार भन्दा बढी सहभागी थिए । शायद त्यतिबेलाको मेरो कामलाई हेरेर नै सबैले प्रस्ताव गर्नुभयो ।” शर्माले भने।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal