eNepal

आगामी मे १५ र १६मा तास्मानियामा मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम दिइने

तास्मानिया । तास्मानियामा मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम दिइने भएको छ।

आगामी मे १५ र १६ तारिखमा गैरआवासीय नेपाली संघ अष्ट्रेलिया तास्मानिया राज्य समिति र अष्ट्रेलिया नेपाल पब्लिक लिंकको सहकार्यमा २० जनालाई
मानसिक स्वास्थ्य सम्बन्धी प्रथमिक उपचार तालिम दिइने भएको हो। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आरजीआईटी कलेजमा सहभागीहरुले यो तालिम प्राप्त गरिने छ ।

उक्त तालिम दिनका लागि विज्ञ टोली सिड्नी र मेलबर्नबाट होबार्ट आउने कार्यक्रम छ । हाल महामारीका कारण आइपरेका विविध समस्याहरुबाट पढाई र अन्य दैनिक कार्यबोझका कारण आउनसक्ने तनाव लगायतलाई कसरी न्यूनीकरण गर्न सकिन्छ लगायतका विषयमा तालिममा सहभागीहरुले ज्ञान प्राप्त गर्नेछन् ।

त्यसैगरी एनआरएन तास्मानियाका संयोजक सन्देश परियारका अनुसार तालिममा सीमित पूर्वदर्ता भएका व्यक्तिहरु मात्र सहभागी हुन पाउने भएका कारण तल दिएको लिंकमा गएर आफ्नो नाम दर्ता गर्न सकिने छ।

https://forms.gle/UfvfX4cSY7mvf6ZJ8

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal