eNepal

मेलबर्नको उत्तरी क्षेत्र उलर्टका एकजनामा कोरोना पुष्टि

मेलबर्न। मेलबर्नको उत्तरी क्षेत्रमा अवस्थित उलर्टका एकजना बासिन्दामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भिक्टोरियाको स्वास्थ्य विभागका अनुसार उलर्टका ३० वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो। साउथ अष्ट्रेलियामा क्वारेन्टीनमा बसेका निज व्यक्तिलाई त्यहीँ कोरोना सरेको हुनसक्ने अनुमान रहेको छ ।

गत मंगलबार मात्र साउथ अष्ट्रेलियाबाट मेलबर्न आएका उनी सिधै घर गएका थिए । शनिबारदेखि केही लक्षणहरु देखिन थालेपछि सोमबार परीक्षण गराएका उनलाई कोभिड १९ पोजेटिभ देखियो । त्यसपछि एकिन गर्नका लागि थप परीक्षणहरु गरिएको स्वास्थ्य विभागले जनाएको छ।

त्यसैगरी अहिले उक्त व्यक्तिले कहाँ कहाँ गएका थिए भन्ने अनुसन्धानको लागि सोधपुछ भइरहेको छ । निज व्यक्तिसँगै घरमा बसोबास गर्नेहरुलाई पनि क्वारेन्टीनमा लगिसकिएको छ । त्यस्तै साउथ अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले गएको मे ४ तारिखका दिन निज व्यक्ति क्वारेन्टीन पूरा गरी बाहिर निस्किएको पुष्टि गर्दै त्यही दिन नै भिक्टोरिया गएको बताएका छन्।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal