अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन एबम् माईग्रेसनको बारे जान्न चाहनेहरु बिधार्थीहरुलाई लक्षित गर्दै मेल्बर्नमा डाँफे कन्सल्टिङले एजुकेसन र माइग्रेसन एक्स्पो २०२१ आयोजना गर्ने भएको छ।
आउँदो २६ अप्रील सोमबार दिउँसो २ बजेबाट ५ बजे सम्म हुने एक्स्पोमा विभिन्न कलेजहरुका प्रतिनिधिहरुसंग प्रत्यक्ष अन्तक्रिया गर्न सकीने व्यवस्था मिलाइएको आयोजक डाँफे कन्सल्टिङ मेल्बर्नका निर्देशक रजिस्टर्ड माईग्रेसन एजेन्ट सन्तोष कर्णले जानकारी गराउनु भयो।

सन् २०१४ मा नेपाल र अस्ट्रेलीयामा एकै साथ स्थापना भएको डाँफे कन्सल्टीङले हाल मेल्बर्न, सिड्नी, काठमाडौं र चितवन अनि भारतका केही एसोसियट्स पाट्नरहरूसँग मिलेर परामर्ष दिदै आइ रहेको छ।
अस्ट्रेलीयाका पचास भन्दा बढी कलेज र विश्वविधालयहरुको प्रतिनिधीत्व गर्दै एक्स्पोमा अनुभवी माइग्रेसन एजेन्ट एवम् अनुभवी शैक्षीक परामर्शदाताहरूसँग फेश टु फेश परामर्श लिन सकिने छ।त्यस्तै उक्त अवसरमा बिधार्थीले $ ३००० सम्मको छात्रवृत्ति उपलब्धका साथसाथै ट्रेड कोर्षको बारेमा विस्तृत जानकारी गराइने भएको छ।
निशुल्क र चियापानको व्यबस्था रहेको एक्सोमा सहभागीता जनाउन तलको लिङ्कमा गएर दर्ता गर्न सक्नु हुनेछ।
https://www.eventbrite.com/e/free-education-and-migration-expo-danfe-consulting-tickets-150439658067

