आकाश ढुङ्गेल हाल मेल्बर्नमा उच्च शिक्षा अध्ययनको शिलशिलामा बस्दै आएकै छन्।उनी अस्ट्रेलीया आएको पाँच बर्ष भयो।उनी A_Ca$h को नामले आफ्नो अर्को परिचय बनाउँदै छन्। बिधार्थी भएर प्रवासमा बिभीन्न उतारचडावको बाबजुद पनि आफ्नो मनको अन्तरकुनामा रहेका कुण्ठित रहरहरुलाई गल्हत्याउने प्रयास कदापी गरेनन् आकाशले। मनमा रहर जागे पछि लागेका रहर पुरा गर्नलाई केहीले पनि छेक्दैन भन्ने गतिलो उदाहरण हुन उनी। हुन त उनी साङ्गितीक आकाशमा बामे मात्र सर्दैछन् तर यस्ता नव कलाकारहरुलाई प्रोत्साहन गर्नु हाम्रो मुल धर्म हो। हामीले यो बिशेष अवसर पारेर आकाशसँग केही भलाकुसारी गर्ने जमर्को गरेका छौ। प्रस्तुत छ आकाशसँग गरिएको कुराकानीमा आधारिक एक बिशेष अन्तर्बार्ता।
संगीत प्रती रुची कहिलेबाट भयो?
म सानो छँदा देखीनै सधैं गाउने र नाच्ने गर्थें जब म ८ बर्षको थिएँ मैले भायोलिन बजाउन शुरू गरें जसले मलाई संगीत, संगीतका नोटहरू र संगीतसँग सम्बन्धित सबै कुरा सिक्न मद्दत गर्यो।
कसले तपाईंलाई गीत संगीत प्रती लाग्न प्रेरित गर्यो?
म सानो छँदा धेरै लजालु थिएँ तर संगीत प्रती मेरो लगाब औधीनै थियो। मलाई थाहा थियो कि म टेम्पो र ताल लिन सक्छु तर म आफैंले गीत गाउन सक्छु भन्ने कल्पना पनि गरेको थिइन। अष्ट्रेलिया आएको २ बर्ष पछि म र मेरो घरका साथीले कहिलेकाँही हिप हप बीटमा फ्रेस्सलिंग गर्न थाल्यौ। साथीहरूले मलाई मँ धेरै राम्रो र फरक छु तैले हिपहपमा केही गर्न सक्छस् भनेर प्रोत्साहन गरे। त्यस पछि मैले गाउन सुरु गरें। त्यसको केही समय पछि मैले फेसबुकमा एउटा गीत पोष्ट गरे जसलाई साथीहरु र परिवारहरूबाट राम्रो प्रतिक्रिया पाएँ।अनि बिस्तारै निरन्तरता दिदै गएँ।
तपाईंले सामान्य रूपमा सिर्जना गरेको संगीतलाई कसरी वर्णन गर्नुहुन्छ?
मैले बनाएको गीतलाई आरएनबी र वैकल्पिक हिप-हपको रूपमा वर्गीकृत गर्न सकिन्छ। मँ र्याप गर्दिन तर म संगीत मार्फत भावनाहरू चित्रित गर्ने कोशिस गर्दछु त्यो पनि A-cash स्टाइलमा
तपाईको रचनात्मक प्रक्रिया कस्तो छ?
सामान्यतया मैले बनाउने गीत मेरो मुड र तालमा निर्भर गर्दछ। मेरो टाउकोमा १००० गीतहरू छन् त्यसैले म केवल ध्यान दिएर विश्लेषण गर्दछु र त्यस अनुसार संगीत बनाउँछु। सामान्यतया म एक फ्रीस्टाइलर हुँ त्यसैले म बोल्ने गीतहरू प्रायः अनियमित हुन्छन् जसले कही सन्देश दिइ रहेको हुन्छ।
तपाई कोसँग सहकार्य गर्न चाहानुहुन्छ?
म कुनै पनि कलाकार / गायक को लागी खुला छु। यदि तपाइँ राम्रो हुनुहुन्छ भने मेरा पाखुरा फराकिलो छन्। कोही प्रसिद्ध छ त्यसले खासै फरक पार्दैन मलाई। नेपाली हिपहप एक आलो बजार हो र मलाई नयाँ रैपरहरूसँग काम गर्न मन पर्दछ। हाल म मेल्बोर्नको मेक मनी रेकड्स र होप रेकर्डससँग आबद्द छु। म खुल्ला मनको मान्छे छु आर्टिस्ट भाइभ मिल्न पर्यो म कुनै पनि कलाकारको साथ काम गर्न तयार छु।
यदि तपाईं कुनै कलाकारको लागी एक शो गर्न सक्नुहुन्छ भने त्यो को हुनेछ?
एमिनम को लागी गर्न पाएँ त मेरो यो मिसननै पुरा भएको ठान्थे दाई। म एकचोटी एमिनमको कन्सर्टमा जाँदा १००००० मान्छेले सँगै फोनको लाइट बाल्दा सुरीयल भएको थियो।त्यो बाहेक रक / मेटल कन्सर्ट बबाल नै हुन्छ। मेरो लाइभको एनर्जी चाँही ट्र्याभिस स्कटको जस्टो लाग्छ तर जोसँग गर्न पाउँदा पनि म खुसी नै हुन्छु जबसम्म मलाई पैसा आउँछ हा हा हा।
तपाईको फ्यानहरूलाई के सन्देश दिनुहुन्छ?
मलाई विश्वास छैन मेरा कुनै प्रशंसकहरू छन्। जीवनसँगै सबै कुरा परिवर्तीत हुन्छ। Keep grindin , keep hustling and keep supporting nepali music yoooo.
तपाईसँग भएको सबैभन्दा राम्रो प्रतिभा के हो?
मेरो सबै भन्दा राम्रो प्रतिभा मेरो नलजाउने बानी र आत्मविश्वास नै हो जस्तो लाग्छ।त्यो बाहेक म जुन पनी खेल खेल्न सक्छु। बच्पन देखी नै खेल मा एकदममै रुचि थियो। फुटबल चाँही मेरो सर्वश्रेष्ठ खेल हो र म फुटबल राम्रोनै खेल्थे। अनि आजकाल चाँही बक्सिङ सिक्दै छु।
के तपाईं नुहाउँदा गाउनुहुन्छ? कुन गीत?
हाहाहा नुहाउँदा म जैले पनि स्पीकर मेरा बाथरूममा लान्छु अनी ड्याङ ड्याङ गीत बजाउँदै नाच्दै नुहाउँछु। गाउन चाँही बाथरूम मा गाउँदिन,नाँच्न चाहि मज्जैले नाच्छु। हा हा हा
तपाईं अहिले के गर्दै हुनुहुन्छ, संगीतलाई क्यारियरको रुपमा लैजाने सोच बनाउनु भएको छ।
अहिले म पार्टटाइम काम गरेर सकेसम्म धेरै समय संगीत लाई दिइ रहेको छु। करियर भनेर म कहिलेपनि फोकस भईन। Go with the flow ho। रमाइलो गर्दै म्युजीक गर्ने हो दाई एकदम्मै मज्जा आइराछ। आशा छ जे भैरहेछ राम्रो नै छ अहिले सम्म।
पहिलो चोटी स्टेज कार्यक्रम कहाँ गर्नु भयो। कस्तो अनुभव भयो।
पहिलो पटक स्टेजमा पर्फम गर्दा भेजा फ्राई भएको थियो। थोरै नर्वस, केही उत्साहा थियो। मेरो पर्फर्म भन्दा अगादी मेरा साथीहरू कपिल र सागरको पालो थियो। केटाहरुले राम्रो गाए। त्यो देखेर चाँही मलाई एकदमै पम्प अप भएर आत्मविश्वास बढ्यो र जोडतोडका साथ गाए।आएका दर्शकले भर्पुर मनोरन्जन लिएका थिए।
बिदेशमा काम, पढाई अनि आफ्नो अभिरुचीलाई कसरी व्यबस्थापन गर्नु भएको छ?
धैरै तनाव नलिने दाई। सबै जनाले गरि रहेकै छन् मैले पनी सक्छु भन्ने मानसिकता बोकेको छु । समय ब्यबस्थापन मुख्य कुरा हो तर अब राम्रो संग गर्यो भने काम, पढाई र संगीत व्यवस्थापन गर्न खासै गार्हो छैन। फेरी म सिङ्गल पनि छु त्यसैले मैले त्यस्तो तनाब लिएको छैन।
सिगरेट बोलको गीत के हो। के सन्देश दिन खोज्नु भएको हो।
सिगरेटको खास ट्याग चाँही यदि तिमी मेरो सिगरेट हो भने म क्यान्सरको साथ लडिरहेको छु” भन्नेनै हो। यस गीतले वास्तवमा एक टुक्रिएको मन भएको मानिसबारे याद राख्छ जुन एक अनियमित व्यक्तिको साथ यौन सम्बन्ध राख्दछ। “ऊ जान्दछ ऊ गलत हो तर ऊ अझै पनि यो सिगार्टेरी जस्तै रमाईलो गर्दछ” यो गीतको आदर्श वाक्यनै यहि हो।

