लामो समय देखी प्रबासलाई आफ्नो कर्मथलो बनाएर बस्दै आएको व्यवसायी एवम् समाजसेवी विश्व गौडेलको सुनरीमै बोलको गीतले दर्शक श्रोताको मन जिते पछि पूनः अर्को धमाकेधार गीत ऐंसेलुको काँडा साङ्गितीक बजारमा लिएर आएका छन्।
ब्लेक ब्रोस इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको ऐंसेलुको काँडामा किरण भुजेलको श्वर रहेको छ भने सङ्गीत शंकर स्माइलले गरेका छन्। उदयराज पौडेलको ऐरेन्ज, रायन कार्कीको निर्देशन अनि सुरेन्द्र बसेलको कोरीयोग्राफी रहेको ऐंसेलुको काँडामा सुधीर श्रेष्ठ, सुरेन्द्र बसेल, टीकटक स्टार प्रिन्सी, प्रिस्मा, उशा उप्रेती र डिमोन क्षेत्रीको अभिनय देख्न सकिन्छ। त्यस्तै वाल कलाकारका रुपमा सिद्धार्थ, प्रगती, केभीस रहेका छन्।

