“आमा” छाडेर सन्सार यो – एउटा बियोगान्त गितले यतिबेला नेपाली साङ्गितिक माहोललाई भावनामा डुबाएको छ । क्यान्सर जस्तो पिडादायक रोग बाट पिडित आफ्नी प्यारी आमालाइ गएको साल माघ महिनामा गुमाएका गितकार प्रमोद ढुङ्गेलले गत साता आमाकै बरखी अर्थात बार्षिक श्राद्द्को दिन “आमा ” शिर्षकमा यो गित सार्वजनिक गरेका छन । यो गितलाइ बरिस्ठ सङ्गितकार शक्ति वल्लभले सङ्गीत गरेका हुन भने सुमधुर स्वर दिएका छन राम कृष्ण ढकालले ।
यो गित सुन्दै गर्दा प्रत्येक श्रोतालाइ आफ्नो आमा सङ्ग बितेको आफ्नो बाल्यकाल याद आउने छ भने आफ्नो परिवारको पालन पोषणमा आमाले पुर्याएको अमुल्य योगदान र प्राण भन्दा प्यारी आमाको अन्तिम अवस्थामा आमालाइ गुमाउदा को दुखद क्षण झलझली आखामा आउनेछ। आमा स्वर्गीय भएका प्रत्येक श्रोताले आफ्नो आमाको तिथि श्राद्द्को दिन आँखा चिम्लेर आफ्नो आमाको अनुहार सम्झिदै यो गित सुनेमा यो गितले आफ्नै आमा र आफ्नो कथा भनिरहेको भान हुने र श्राद्द तिथिमै यो गित सुन्दै आमाको स्मरण गरेमा पितृ देवता भै सकेकी आफ्नो पुजनिय आमाको आशिर्वाद प्राप्त हुने कुरामा गितकार प्रमोद ढुङ्गेल विस्वास राख्छन ।
यो गित Words and Entertainment नामको युटुब च्यानलमा सुन्न र lyrical Video समेत हेर्न सकिन्छ। यस गितका एरेन्जर निरज श्रेष्ठ हुन भने रेकर्डिस्ट भोला पौडेल हुन । यो लिरिकल भिडियो लाई Artist Nepal Studios मा आवद्ध नव ढुङ्गेल ले निर्देशन गरेका हुन भने सम्पादन प्रविन श्रेष्ठको रहेको छ।

