अष्ट्रेलियाको मेल्बोर्नलाई आफ्नो कर्मभुमी बनाएर लामो समय देखि बसोबास गर्दै आएका उज्ज्वल घिमिरे ( UjK ) समाजमा देखिएका बिभीन्न घटनाक्रमलाई शब्दमा उतार्दै आफ्नो वजिलो आबाजमा मनका आबेगलाई बिस्फोट गर्न माहिर छन्।
पछिल्लो समय सँसारलाईनै आक्रान्त बनाएको कोरोना महामारी र यसबाट श्रृजीत कोरोनाको कहरले निम्त्याएको बद्लिदो परिस्थितीलाई महामारी मार्फत ज्वालासंगको सहकार्यमा पुनः देखा परेका छन् युजेके।
१२ बर्ष पछि ज्वालासँगको सहकार्यमा आएको महामारीले सन् २०२० सबैको लागि कस्टकर रहे पनि सन् २०२१ ले नयाँ आशा अनि भरोसा ल्याइदिओस् भन्ने भावना व्यक्त गरीएको छ।
शब्द र स्वर दुवै यूजेके र ज्वालाको रहेको महामारीको म्युजिक भिडियोलाई अनुप राईले निर्माण गरेका हुन्। म्युजिक भिडियोलाई “ज्वाला नेपाल” अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

