eNepal

जिन्दगीको ” गोरेटो ” खोज्दै उज्ज्वल घिमिरे उर्फ युजेके

अष्ट्रेलियाको मेल्बोर्नलाई आफ्नो कर्मभुमी बनाएर लामो समय देखि बसोबास गर्दै आएका उज्ज्वल घिमिरे ( UjK ) ले गोरेटो बोलको गीत लिएर पुन: एकचोटी आफ्ना शुभचिन्तकहरु माँझ कोसेलीको रुपमा ल्याएका छन्। 

जिन्दगीको गोरेटो बनाउन लम्केका लाखौ युवाको कथा व्यथालाई समेटीएको गोरेटोको शव्द स्वम् उज्जवलले लेखेका हुन् भने सङ्गीत फ्रेकी जोइको रहेको छ।

मिक्सङ डिजे मिस्टा चाम्लिङ यानिकी सौरभ ठकुरीले गरेका छन् भने भिडीयो साकार शाही  र अनीश जङ कार्कीको रहेको ” गोरेटो” मेक मनी रेकर्डस मेल्बोर्नमा रेकर्ड गरिएको हो।

उज्वल घिमीरेले यसअघी उपदेश, मेरो देश, Aama-यस पाली दशैमा आमा आफ्नै युट्युब च्यानल मार्फत ल्याई सकेका छन्।

प्रवासको ब्यस्त जिवनशैलीबाट थोरै समय उनले गीतसङ्गीतलाई छुट्याउन थाले धेरै बर्ष भइ सक्यो। गीत गाएर पैसो कमाउँछु हिट हुन्छु भन्ने सोच कदापी दिमागमा नलिएका उज्वलले आफ्नो आत्मासन्तूष्टीका लागि गीत गाउने गरेका छन्। समाजमा देखिएका बिभीन्न घटनाक्रमलाई शब्दमा उतार्दै आफ्नो वजिलो आबाजमा मनका आबेगलाई बिस्फोट गर्न माहिर छन् युजेके।

गोरेटोको भिडीयो यस्तो छ⬇️⬇️
https://youtu.be/xazXpQSGHag

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal