eNepal

युवामाँझ लोकप्रीय नेपाली पप साङ्गितिक ब्याण्ड ‘ द एज व्याण्ड’ विघटन

नेपाली चर्चीत साङ्गितिक व्याण्ड द एज व्याण्ड २२ बर्ष पछि बिघटन भएको व्याण्डका मुख्य गायक जिवन गुरुङले आफ्नो फेशबुक मार्फत जानकारी गराएका छन्। 

यस व्याण्डमा सदस्यहरुमा विष्णु गुरुङ (लीड गिटारिस्ट), संदीप विक (बास गिटारिस्ट), अल्बिन परियार (ताल गिटारिस्ट) गणेश राई (ड्रमर) र जीवन गुरुङ(भोकलिस्ट) रहेका थिए।

द एज व्याण्ड’ को फेसबुक पेजमा लेखिएको छ, ‘गह्रौ मनले हामीले यो निर्णय लिएका छौँ कि विश्वभर नै फैलिएको कोरोना भाइरस महामारी र त्यसबाट सिर्जना भएको अवस्थाले गर्दा हामी हाम्रो सांगीतिक यात्रालाई निरन्तरता दिन नसक्ने भएका छौँ। जब परिस्थिती सामान्य हुन्छ, हामी साँच्चै नै नयाँ सोच र सदस्यहरुसहित गीत लिएर आउने छौँ। अहिलेको लागि हामीले व्याण्डले निरन्तरता नदिने र हाम्रो आफ्नै व्यक्तिगत प्रोजेक्टहरुमा अग्रसर हुने जानकारी गराउन चाहन्छौँ।’

उहाँले व्यक्तिगत रुपमा अहिलेसम्मको यात्रा सुन्दर बनाउन सहयोग गर्ने आफ्ना सबै फ्यानहरुलाई हृदयदेखि आभार प्रकट गर्नुभएको छ । जिवन गुरुङ्गले आफु छिट्टै गीत लिएर आउने जानकारी समेत गराउनु भएको छ। करिब दुई दशक नेपाली पप संगितमा अलग्गै पहिचान बनाएको यस ब्यान्डले देश र विदेशमा रहेका लाखौ नेपालीहरुलाई मनोरन्जन दिलाएर मन जित्न सफल भएको छ।

द एज व्याण्डका ‘नचाहेको हैन तिमीलाई’, ‘सम्झिने मुटु’, ‘थाहा छैन’, ‘यो दिल मेरो’, ‘प्रयास यो मेरो प्रयास’, ‘मेरो आँशु’लगायत धेरै गीतहरु चर्चित छन्।

https://www.facebook.com/100044400490438/posts/213499476806734/?d=n

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal