मेल्बर्नलाई कर्मथलो बनाई नेपाली गीत संगीतको संरक्षण र प्रर्बधनमा तदारुकताका साथ लागि पर्दै आउनु भएका व्यवसायी एवम् समाजसेवी विश्व गौडेलको शव्द अनि पछिल्लो पुस्तामाँझ निकै लोकप्रीय गायक गायीका द्वय प्रमोद खरेल र मेलीना राईको आवाजमा सुनरीमै बोलको गीत बजारमा आएको छ।
ब्लेक ब्रोस इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको सुनरिमैमा टीकटक स्टार प्रिन्सी, प्रिस्मा र नाजिर हुसेनको अभिनय रहेको छ भने गम्भीर बिस्टको कोरियोग्राफार र जीवन रसाइलीको निर्देशन अनि गीतमा सङ्गीत भने दीपक शर्माको रहेको छ।
पछिल्लो समय कलासंस्कृती, रितीरिवाजसंगै मौलिकता झल्किने नेपाली गित संगित युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृती हाबि हुदै जान थालेकाले नेपाली गीत संगीतको संरक्षणका लागि केही टेवा पुगोस् भन्ने हेतुले यो म्यूजिक भिडियो सहितको गीत बजारमा ल्याएको बताउनु हुन्छ यस गीतका श्रस्टा विश्व गौडेल।
गीत नेपाली गाउँले मायालु जोडीलाई हस्यौली पारामा प्रस्तुत गर्न खोजीएको र शब्द चयन नितान्त गाउँघरमा प्रयोगमा आउने खालको रहेको छ। गीत सृर्जना पहिले देखि नै कहिले काही कोर्ने गरे पनि आज सार्बजनिक भएको सुनरिमै विश्व गौडेलको पहिलो सांगीतिक भिडियो रहेको छ।

