गीता तिमिल्सिना – मेल्बोर्न
३०/०९/२०२०
रुमानी माहोल
नेपथ्यमा मधुर संगीत
चियाको हल्का चुस्की
अनि तिम्रो याद !
बसन्त ऋतु
फूलै फूलको मौसम
सरर हावाको झोंका
अनि मिठो हावासँगै तिम्रो याद !
गर्मीको तातो लहर
निधारबाट तप तप पसिना
उकाला र अप्ठेरा बाटाहरू
अनि सँग सँगै हिड्ने तिम्रो याद !
फूलै फूलले सजिएको मन्दिर
मन्दिरको बिचमा भगवान
भगवानको अगाडी निहूरिएको म
र साथमा तिम्रो याद !
गाहिरो मध्य रातको अन्धकार
झ्याल बाहिर झम झम बर्षा
बिछौनामा निदाउन खोज्दै म
र सिरानीमुनी तिम्रो याद !
परदेसी जिवन
कठिन संघर्षहरू
संधै हातमुख जोड्नको चटारो
अनि हर बिचलनसँगै तिम्रो याद !
मान्छे मान्छेको भिड
ठेल मठेल यात्रा
भिडको बिचमा एक्लो म
अनि म सँग मात्र तिम्रो याद !!

