काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको अहिले बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटिको बैठक दिउँसो तीन बजेका लागि सारिएको छ ।
स्थायी कमिटीको बैठक दिउँसो तीन बजे सम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भएकोले बैठकको समय सारिएको बताइएको छ ।
अहिले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भइरहेको छ ।
बिहान ११ बजे बैठक बस्ने भनिएपछि स्थायी कमिटि सदस्यहरु बालुवाटार पुगेका थिए ।

