अस्ट्रेलीयन माईग्रेसन एण्ड एजुकेसन् कन्सल्ट्यान्सीको सहयोगमा बिपीन बस्नेत, ज्योती श्रेष्ठ र किरण श्रेष्ठ सहितको टिमले काठमाण्डौका सडकमा कोरोना भाईरसको महामारीको सययमा अप्ठ्यारोमा परेका मानिसलाई छुट्टै तरिकाले सहयोगको काम शुरुवात गरेको छ।
एकातिर सहयोग त छँदैछ अर्को तिर रमाईलो पनि। बाटामा भेटीएका ब्यक्तिहरुलाई रमाईला प्रश्नहरू सोधेर उक्त प्रस्न मिलाएको खण्डमा उनीहरुलाई सपिङ गराईदिने सानो प्रयासको थालनी गरिएको छ जून केही पृथक शैलीको लाग्न सक्छ।
सानो प्रयासको टिममा किरण श्रेष्ठ जसले निर्देशन, क्यामेरा, सम्पादन र संगीत दिएका छन् भने बिपिन बस्नेत र ज्योति श्रेष्ठ उत्पादन प्रबन्धकको रूपमा रहेका छन्। यो प्रयासलाई AMEC बाट आशिष रिजाल र उत्तम बजगाईको आर्थिक सहयोग रहेको छ।

