हिजो अस्ट्रेलीयन प्रधानमन्त्रीले अन्तरास्ट्रिय बिधार्थीहरुलाई यदि यो कोरोना भाईरसको महामारी चलि रहेको बेला यहाँ बस्न सक्दैनौ भने आफ्नो देश फर्क भने पछि बिभीन्न अनलाई पत्रीकाहरुले यो समाचारलाई मुख्य चासोका साथ छापे। यो समाचार आएपछि त्यस माथि आएका मिश्रीत प्रतिक्रियाहरु यस्ता छन-
अस्ट्रेलियाको पिआर भएको भएपछि दात खुस्केर नक्कली दात हालेको ६५ वर्षे लाई पनि कलकलाउदी छोरी सुम्पेर तेल भिषामा अस्ट्रेलिया जाने लक्ष्य लिएका तमाम बाउआमा हरु प्रती सहानुभूति साथै मातृभूमिले दिएको नागरिकता फोहोरको डङ्गुरमा फालेर मेरो देश छैन, म शरणार्थी हुं भन्दै पिआर थाप्ने हरु प्रती एक्कासी सम्मान जागेर आयो ।???
यिनिहरु तेहि सडिनु पर्छ ….खुब अस्ट्रेलिया अस्ट्रेलिया भनेर मर्ने हरु तिमिहरुको देश कुन हो अस्ट्रेलिया कि नेपाल ??अनि ती केटि हरु जो अस्ट्रेलिया भन्ने बित्तिकै एकै छिन मा बिहे गर्न Ready हुन्छन आफू भन्दा १५-२० बर्ष जेठो केटासँग …अनि नेपालमै केही गर्नु पर्छ भनेर बसेको मान्छे बिर्सन्छन्? …आफ्नो देश भन्या अहिले थाहा हुदैछ होला यी आफुलाइ अंग्रेज़ सम्झिने मान्छेलाई ?? खुशी लाग्छ तिमिहरुको जरुरत नेपाल लाई छैन ….अब त्यतै मर्नु??
किन हेप्छौ ए मोरा हो australian लाइ एसै त यहा ३०,३५ लाख को रिण ले मारिसकेछ तेश माथि दुनिया को भाडा हान्दा हान्दा पाता फरकिसको ।उ नेता भनाउदा भरषटचारि भए निदाएका परधान्मन्त्रि देस डुव्बन् लागो अझ उठ्दैन्न अझै बोल्छाै लाज नभाका नकटा हो |coment box ma लाैरो लिएर बसेको छु लु आइजो त को आउदोरछ?
नेपाल सरकार ले चाटर गरेर २,३ सय वटा जहाज अष्ट्रेलिया पठाउनु बेर छैन् सबै भ्रष्टाचारी नेता व्यापारी कर्मचारी हरुको सन्तान छन क्यारे…
आफ्नो मात्रीभुमिले नागरिकको स्वास्थ्य परीक्षाण गर्ने जिम्मा लिन नसकेकै कारण, आफ्ना प्रबासी नागरिकलाई स्वदेश नफर्किन आदेश दिन्छ, फर्केकालाई सिमानामा रोक्छ।
प्रबासी नेपालीलाई यो भन्दा पिडा कहिले हुन्छ?नागरिक प्रतिको जवाफदेहिता खै?
देखाईदियो अष्टेलियाले आफ्नो औकात । नेपाली हरू अझै पनि अष्टेलिया भनेर मर्छौ?

