eNepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

सागर भुर्तेल ,सिड्नी- एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले बिगतका बर्षहरु मा मनाउदै आइरहेको होली पर्वलाई यस बर्ष होली म्युजिकल कन्सर्टका रुपमा मनाउदै छ । आगामी मार्च ६ मा मराना अडिटोरियम हर्सभिलमा गर्न लागिएको होली म्युजिकल कन्सर्टकालागि नेपालबाट पप गायिका प्रश्ना शाक्य, लोक गायक रविराज शाह र भोजपुरी गायक सुनिल पण्डितको सहभागिता रहने संस्थाका अध्यक्ष प्रविन चौरासियाले जानकारी दिए ।

सन् २००८ देखि बिबिध कार्यक्रम सहित होली मनाउदै आइरहेको ‘एन्टा’ले गत साल देखि नेपाल बाट कलाकार ल्याएर होलि मनाउने लागेको हो । सन् २००८ मा स्थापना भएको एन्टाले होली, इद लगायतका चाड पर्ब मनाउदै परोपकारितालाई समेत संगै लाग्दै बिभिन्न समयमा बाढी पीडितलाई सहायोग विभिन्न जिल्लामा पुस्तकालय स्थापना लागायतका काम गर्दै आइरहेको छ । चौरसियाका अनुसार गत वर्ष संकलन भएको नगद नेपालका स्कुलमा खर्च गरिएको थियो भने प्रवेश शुल्क: पन्ध्र डलर मात्र रहेको यस वर्षको होलि म्युजिकल कन्सर्टबाट संकलन भएको ५० प्रतिशत रकम गत महिना न्यू साउथ वेल्स राज्यमा भएको आगलागी नियन्त्रणमा संलग्न फायर फाइटर र पीडितलाई काउन्सिलमार्फत उपलब्ध गराउने योजना छ । कार्यक्रममा सहभागी भएर रंगहरु को पर्ब होलि मनाउन संस्थाले सबैलाई निमन्त्रणा गरेको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal