नेपालको रुपन्देही जिल्लाबाट अष्ट्रेलिया आइ बसेका नेपाली साझा संस्था रुपन्देही सामाजिक संजालको दोश्रो अधिबेशन मार्च १ का दिन सिड्नीमा सम्पन्न भएको छ । अधिबेशनले इश्वर पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ ।
अधिबेशनले सस्थाको उपाध्यक्षमा सुशील नेपाल र रोशन कोइराला,महासचिबमा दिवाकर काफ्ले, सचिबमा अर्जुन गैरे, र कोषाध्यक्षमा विप्लब सापकोटालाई चयन गरेको छ ।
अधिबेशनले कला तथा साहित्य संयोजकमा मुक्ति राम पोख्रेल, महिला संयोजकमा रन्जिता भण्डारी, महिला सहसंयोजकमा तुल्सा पाण्डे, खेलकुद संयोजकमा सरोज पाठक र पब्लिक रिलेसन अफिसरमा रवि केसीलाई तोकेको छ। त्यस्तै सदस्यहरुमा मनोज सिलवाल, प्रदीप खनाल, पदम अधिकारी, निशान ढकाल, सूचना पाण्डे, गणेश न्यौपाने, सुरज खत्री, लक्ष्मी खनाल, कमाल भण्डारी, सरोज पाण्डे, रेमन केसी र रक्षा शर्मालाई चुनेको छ ।

