सागर भुर्तेल, सिड्नी
शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सको आयोजनामा सिड्नीमा ग्ल्यापो ल्होसार (चिवालो २१४७) भब्य रुपमा मनाइने भएको छ। रकडेलको इन्द्रेणी फङसन सेन्टरमा मार्च ८ आइतबारका दिन कार्यक्रम आयोजना गरिएको एसोसिएसनका पब्लिक अफिसर दावा शेर्पाले जानकारी दिए ।
सांस्कृतिक नृत्य, खानाको परिकार र भेषभूषाको प्रस्तुति रहने कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ। कार्यक्रमलाई स्थानीय कलाकारले सांगीतिक माहोल बनाउने छन् । यसपटकको ग्ल्यापो ल्होसारलाई व्यापक बनाउने योजना रहेको अफिसर शेर्पाले जानकारी दिए । यसपटक कार्यक्रमको पूर्व सुचना दिइएको हुनाले पहिला बर्ष हरु भन्दा ठुलो सन्ख्यामा शेर्पालगायत नेपाली समुदायको सहभागिता हुनेछ आयोजकले लक्ष्य राखेको छ। यसअघिका कार्यक्रममा पनि डेढ दुई सय जनाको सहभागिता भइरहेकै थियो । यसपटक अझ व्यापक बनाउने तयारीमा जुटेका छौं अफिसर शेर्पाले भने।
पब्लिक अफिसर शेर्पाले दिएको जानकारी अनुसार सिड्नीमा सन् २००८ देखि नै ग्ल्यापो ल्होसार मनाउन थालिएको हो । त्यसबेला शेर्पा किदुक नाममा ल्होसार मनाइन्थ्यो । सन् २०१९ देखि किदुकलाई एसोसिएनमा रुपान्तरण गरिएको हो । नयाँ पुस्तालाई शेर्पा संस्कृति हस्तान्तरण गर्दै जाने र शेर्पा समुदायको चाँडमा भेला भएर पर्व मनाउने उद्देश्यले प्रवाशमा पनि ग्ल्यापो ल्होसार मनाउने परम्परा बसालिएको पब्लिक अफिसर शेर्पाले बताए ।

