काठमाडौँको सुकुम्बासी बस्तीका गरिब रिक्सा चालकको संघर्षको कथा समेटिएको नेपाली चलचित्र ‘धुलो’ प्रदर्शनको लागि तयार भएको छ। यहि २८ फेब्रुअरीबाट देशभर प्रदर्शन हुन लागेको धुलोमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, दामोदर गजुरेल, अमृता पाण्डे, सुदीप कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ भने नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवालाई समेत विशेष भूमिकामा देख्न सकिन्छ।
लक्ष्मी गौतम, नानीराम फुँयालले निर्माण गरेको चलचित्रमा दीपा धरेलको प्रस्तुती रहेको छ।सुवास सिंह बस्न्यातको कथा रहेको चलचित्र अर्जुन जिसीले सम्पादन गरेका हुन्। चलचित्रमा रहेका गीतको कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्।प्रद्युम्न मिश्रले निर्देशन गरेका धुलोलाई रविन आचार्यले छायांकन गरेका हुन्।
यो भावनात्मक गित चलचित्र धुलोबाट राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल नेपालकै प्रसिद्द रंगमन्चकी कलाकार श्रृजना शुव्वा, सुप्रसिद्द कलाकार हैट बुद्दी तामाङ र उदयिमान बाल प्रतिभा बालकलाकार सुदीप कार्कीसंग यो गितमा मेल्बोर्नबस्दै आउनु भएको अग्रज केसीले पनी फिचर्ड गर्नु भएको छ।
https://youtu.be/tFfwaWbjqd4

