बाबा फिल्मस् प्रोडक्सनले प्रेमील जोडीहरुलाई लक्षित गर्दै “तिम्रो लागि” बोलको गीत बजारमा ल्याएको छ ।
भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसलाई लक्ष्क्षीत पारेर मेल्बोर्नमा बस्दै आएका संजय सेन्चुरीले यस गीतको भिडियो बनाएका हुन्।
“तिम्रो लागि” बोल दिईएको उक्त गीतमा कपिल सापकोटा र कृजन पुनको स्वर रहेको छ। मिक्सिंग र मास्टरिङ्ग अक् जी थाङ्गले गरेका यस गितलाई मेक मनि रेकर्डस् स्टुडियोमा रेकर्ड गरिएको हो ।
आधा दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका संजय सेन्चुरिको निर्देशनमा बनेको यस गीतको भिडियोमा कपिल सापकोटा र कल्पना गैह्रेको अभिनय देख्न सकिन्छ । अष्ट्रेलिया कै विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई निर्देशक स्वयं संजय सेन्चुरीले छायांकन तथा सम्पादन गरेका छन् ।
भिडियोलाई बाबा फिल्मस् प्रोडक्सन युट्युब च्यानलमा हेर्न सकिन्छ ।
https://youtu.be/X_KRl6mG9F0

