eNepal

अष्ट्रेलिया आउनुभएका अभिभावकहरुका लागि न्यु साउथ वेल्समा वनभोज मेला !!

सागर भुर्तेल, सिड्नी
नेपालबाट अष्ट्रेलियाको न्यु साउथ वेल्समा आउनुभएका अभिभावकहरुका लागि एनआरएनए अष्ट्रेलिया एससीसी न्युसाउथ वेल्सले वनभोज मेला गर्न लागेको छ ।

वनभोज मेलामा अभिभावकहरुका लागि नि:शुल्क स्वास्थ्य परिक्षणको पनि व्यवस्था रहने आयोजकले जनाएका छन् । यसका साथै मन्दिर दर्शन, लोक दोहोरि कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति लगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहनेछन् ।

आगामी २९ फेब्रुअरीमा हुने उक्त वनभोज मेलामा सहभागीताका लागि २१ फेब्रुअरी सम्ममा नाम दर्ता गराइसक्नु पर्नेछ । वनभोजको दिनमा बिहान ७:३० मा पिक अप र बेलुका ६ बजे ड्रप अफ गरिने बताइएको छ । सहभागिताको लागि अभिभावकलाइ २० डलर र अन्यलाई ३० डलर शुल्क लाग्नेछ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal