आयोजक साथी अस्ट्रेलीयाले आयोजना गर्न लागेको अस्ट्रेलीयाको नेपाली डायस्पोरामा फर्स्ट नेप्लिज फोटो कन्टेस्टमा सहभागिता जनाउन अव तपाईहरुले ४ अप्रीलसम्ममा आफ्नो फोटो पठाई सक्नु पर्ने छ। कुनैपनि माध्यबाट खिचीएका फोटोहरुले पनि यो प्रतीस्पर्धामा भाग लिन पाउने छन्।
फोटो भन्ने बित्तीकै कुनै महङ्गा क्यामराले खिचीएका मात्र होलान् तर होईन तपाईले आफ्नो मोबाईलबाट कैद गरेका फोटोहरुले पनि यसमा सहभागीता जनाउन पाउने छन्। तपाईले आफ्नो क्रियसनलाई कसरी कैद गर्नु भएको छ त्यो महत्वको बिषय हो कुनै महङ्गो क्यामराले खिचीएको तस्वीर कदापी होईन।
यस प्रतीयोगीतामा फोटोग्राफरले मात्र सहभागीता जनाउने हो कि भन्ने भ्रम छभने त्यो पनि होईन। यसमा जो कोहीले सहभागीता जनाउन पाउनेछन्। अझ प्राथमिकता त बिधार्थीहरुले दिएको प्रतीयोगीता हो ताकि रकम बिधार्थीले लैजान सकुन् आफ्नो शृजना प्रस्फुटन होवस् र दुनीयाँले चिन्न सकुन।
कुनै बिधा नछुटाईएको यस प्रतीयोगीतामा जे जस्तो फोटो पठाउन सकिनेछ जसले व्हाको संज्ञा पाओस्।
निर्णयको कुरा गर्दै गर्दा यस प्रतीयोगीतालाई निस्पक्ष बनाउनको लागि यसको निर्णायकमा डेभिड मिकासा सहितको अस्ट्रेलीयनहरुको एउटा प्यानल गठन गरिने छ।
पहिलो हुनेले २,५०० डलर, दोस्रो हुनेले १,५०० डलर र तेस्रो अनि पपुलर फोटोका स्रष्टाले जनही ५०० डलर नगद हात पार्ने छन्।
उत्कृष्ट ठहर भएका २५ तस्बिरहरूका साथै नेपालका १५ उत्कृस्ठ व्यावसायिक फोटोग्राफरहरूका एक-एकवटा गरी कुल ४० वटा फोटोहरू अस्ट्रेलियाका ४ राज्यहरूमा प्रदर्शनी पनि गरिने छन् भने ती उत्कृस्ट फोटोहरुलाई सङ्ग्रहीत गरेर एउटा एउटा पुस्तकपनि निकालिने आयोजक साथी अस्ट्रेलीयाका अरुण चित्रकारले बताउनु भयो। साथसाथै भ्रमण बर्ष २०२०लाई यस कार्यले थप प्रबर्धन गर्ने छ।
यस प्रतीयोगीतामा भाग लिनको लागि तलको लिङ्कमा गएर हेर्न सकिने छ।
यस कार्यक्रमको बारे जानकारी गराउन हिजो प्रेस मिटको कार्यक्रम भएको थियो।
फर्स्ट नेप्लिज फोटो कन्टेस्टका मुख्य प्रायोजक टिडब्लुजीजीका टोनु घोथानेले बिशेषत: यो कार्यक्रम बिधार्थीहरुलाई लक्ष्क्षीत गरेर आयोजना गर्न लागिएको र बिधार्थीहरुलाई यो एउटा अवसर रहेको बताउनु भयो। एनआरएनएको पुर्व प्रबक्ता डिला खरेलले यस्तो खालको श्रृजनात्मक कार्यक्रम ल्याएकोमा साथी अस्ट्रेलीयाले ल्याएकोमा शुभकामना दिनु भयो।
प्रवासको व्यस्त र तनाबयुक्त दैनिकीबाट थोरै बाहिर निस्केर आफ्नो शृजना दुनीयाँसामु राख्ने ठुलो अवसरकोको रुपमा यस प्रतीयोगीतालाई लिएको धारणा साथी अस्ट्रेलीयाका क्रियटिभ डाईरेक्टर अरुण चित्रकारले बताउनु भयो।
एजुकेसन पाटनर रहेको ग्रेस एजुकेसनका तर्फबाट रामचन्द्र पौडेलले यस्तो क्रियटीभ कन्सेप्टमा आफुहरु जोडीन पाएकोमा साथी अस्ट्रेलीयालाई धन्यबाद दिनु भयो।
एमएनटीभीका चिफ न्युज ईडिटर एवम् नेपाल टुरीजम बोर्डका ब्राण्ड एम्बेसेडर चिरीन्जीवी देवकोटाले यो प्रतियोगीताबाट भ्रमण बर्ष २०२० पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कुरा व्यक्त गर्नु भएको थियो।
सो कार्यक्रममा बिभीन्न सँघसँस्थाका प्रतीनिधीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा मेल्बोर्न युनिभर्सिटीका प्रोफेसर डा. गिरीराज कट्टेल, मेल्बोर्न पोली चेक्निकका लेक्चर डा. रजन चित्रकार, ईनास भिक्टोरीयाका अध्यक्ष गौतम लामिछाने , रोसनी श्रेष्ठ, दिपक आचार्य, राजु शर्मा भेटवालको उपस्थिती रहेको थियो भने उक्त प्रेश मिट वोल्ड दरबार रेस्टुरेन्टमा भएको थियो।कार्यक्रमको सन्चालन साथी अस्ट्रेलीयाका प्रकास रेग्मीले गर्नु भएको थियो।


