eNepal

ईपिङ वलर्ट नेप्लिज् कम्युनिटीले “EWNC Australia Day Fete” आयोजना गर्दै

मेल्बोर्नको ईपिङ वलर्ट नेप्लिज कम्युनिटीले अस्ट्रेलिया डेको अवसरमा “EWNC Australia Day Fete” आयोजना गर्ने भएको छ। २७ जनवरीमा हुने सो कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म हुने जनाएको छ।

कार्यक्रम अरोरा टाउन सेन्टर पार्क, ईपिङमा हुँदैछ भने  सहभागीहरुका लागि  खेलकूद, संगीत तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएको आयोजक संस्थाले बताएको छ। कार्यक्रममा बाल-बालिकाहरूको लागि रुमाल लुकाई तथा फेस पेन्टिङ जस्ता गतिविधिहरू राखिएको छ भने वयस्कको लागि  थङ थ्रोईङ कम्पिटिसन, चुङ्गी कम्पिटिसन राखिएको छ। यसै गरी ५० वर्ष भन्दा माथिकाहरूको लागी घैँटो फुटाउने कार्यक्रम रहेको छ। स्थानीय कलाकारहरूको प्रस्तुती रहने कार्यक्रममा म्युजिक तथा जुम्बा डान्स साथै फुड स्टलहरू पनि रहने छन्।

विगतका वर्षहरूमा नेपाली समुदायको बिचमा अस्ट्रेलिया डेको कार्यक्रम गर्दै आएको आयोजकले यस वर्ष भने सम्पूर्ण समुदाय सहभागी हुन मिल्ने गरी कार्यक्रम राखेको छ। सिटी अफ विटलसिको स्वीकृतिमा हुन गईरहेको कार्यक्रममा बहु-सांस्कृतिक समुदायको उल्लेख्य संख्यामा उपस्थिति रहने आयोजकले अपेक्षा राखेको छ।

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा Multi Dynamic – Melbourne रहेको छ। त्यसैगरी विशेष प्रयोजकहरूमा Costco Wholesale, Lekali Restaurant and Function Center र Better Choice Mortgage & Finance रहेका छन्।

साथै BMW Education Consultancy, New Concept Finance र Buddha Tours & Travels ले  विभिन्न खेलकुदका गतिविधिहरूको प्रायोजन गर्नेछन्।

 

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal