eNepal

मेल्बोर्नका देवल भण्डारीले लेखेको “म यस्तो गीत गाउँछु-२” को गीत ‘दुःखको काँडा’ दर्शकको मन जित्दै

पछिल्लो समयका सफल निर्देशकका रुपमा परिचीत सुदर्शन थापाले निर्देशन गरेको “म यस्तो गीत गाउँछु-२” को एक गीतमा मेल्बोर्नलाई कर्मभुमी बनाउँदै गीतकारका रुपमा आफुलाई नेपाली साङ्गितीक आकाशमा परिचीत गराउन सफल देवल भण्डारीको ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ।

अहिलेका चल्तीका संगीतकार अर्जुन पोखरेलको संगीत रहेको सो गीतमा भ्वाईस अफ नेपाल सिजन दुईका उत्कृस्ठ चार मध्यका एक सनिष श्रेष्ठको स्वर रहेको छ जसलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने यस गीतमा पुजा शर्मा र पल शाहलाई देख्न सकिन्छ। देवल भण्डारीको शव्दमा केही महिना अगाडी चौवन्दीमा सजिएकी बोलको गीत बजारमा आएको छ जसलाई नेपाल आईडल २ विजेता रवि ओडले स्वर दिएका थिए भने उनैको शव्दमा गायक शिव परियारको स्वरमा रहेको डार्लीङलाई पनि दर्शक श्रोताले मन पराएका थिए।

फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री पूजा र निर्देशक सुदर्शननै निर्माता रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन रहेको छ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal