eNepal

आखिरी के हो रामकृष्ण ढकालजी ?

रामकृष्ण ढकालले श्रीमती निलम शाहसँग डिभोर्स गरेको खबर डढेलोझैँ फैलियो। १७ वर्षसँगै बिताएको यो जोडीको सम्बन्ध विच्छेदको खबर धेरैका लागि पत्याउनै नसकिने खबर थियो। तर, अदालतको कागज नै बोलेपछि नपत्याएर पनि के गर्नु ?  

तर, जब डिभोर्सको डिटेल आउन थाल्यो, धेरैको मनमा चिसो पस्यो। कारण, डिभोर्सको निवेदन हालेको भोलिपल्टै अदालतले ढकाल दम्पतीको छुटानाम गराएको थियो। सामान्यतया अदालतले एकचोटि मेलमिलापको मौका दिन्छ। अनि पनि भएन भने डिभोर्स ! यहाँ त अदालत नै डिभोर्स गराइदिन आतुर देखियो। 

डिभोर्स थप शंकास्पद तब भयो, जब रामकृष्ण ढकाल श्रीमती निलमको बचाउमा उत्रिए। निलमले सम्पत्ति सकिएपछि ढकाललाई छाडेको स्ट्याटस आउन थालेपछि उनी आफैँ श्रीमतीलाई गाली नगर्न बिन्तिभाउ गर्न आए।

यतिसम्म पनि ठीकै थियो, जब डिभोर्स भएकी श्रीमती र छोरीलाई लिएर ढकाल आशा भोसलेको कन्सर्टमा देखिए, डिभोर्स त नाटक मात्र रहेछ भन्ने स्पष्ट भयो। धेरैको शंका छ, ऋण लिएको सहकारीलाई हिस्स बनाउन उनले रातारात डिभोर्सको स्वाङ रचेका हुन्। तर, स्वाङ गर्न पनि ढंग चाहियो नि !

साभार

 

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal