eNepal

नेपाली झण्डा फहराईएको पानीजहाजमा चितवन समाज भिक्टोरीयाको क्रुज पाटी सम्पन्न

चितवन समाज भिक्टोरीयाको आयोजनामा मेल्बोर्नमा क्रुज पाटी  सम्पन्न भएको छ। नेपाली सामुदायिक केन्द्रको निर्माणमा थप सहयोग गर्ने हेतुका साथ आयोजना गरिएको क्रुज पाटीमा लगभग दुई सय पचासजना भन्दा बढीले नेपाली झण्डाबाहक पानी जहाजको यात्रा तय गरेका थिए। सो पानी जहाजको यात्रा मेलबर्नस्थित डक्लेण्ड्सको, 30 Victoria Harbour Promenade, Docklands बाट शुरु भएको थियो। झण्डै ४ घण्टाको उक्त कार्यक्रममा बच्चादेखि बृद्धसम्मको उपस्थिति थियो।  क्रुज भित्रको सांगीतिक माहोलमा सबैजना झुमेका थिए।

भिक्टोरीयामा बन्न लागेको नेपाली सामुदायिक केन्द्रको निर्माणमा थप सहयोग गर्ने हेतुका साथ आयोजना गरिएको क्रुज पाटीमा १२ जनाले सो केन्द्रको आजीवन सदस्यता लिए भने तिन जनाले सामुदायिक भवनको ईट्टा किन्न सहयोग गरेका थिए। 

क्रुज पाटीमा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर, नेप्लिज एसोसिएसन अफ भिक्टोरीया, एनआरएनए लगाएत भिक्टोरीयाका अन्य संघसंस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal