मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्यूटी विथ प्रपोज’ अवार्ड जितेकी छिन् ।यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।अनुष्कालेले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो ।

गएको वर्ष ‘मिस वर्ल्ड’प्रतियोगितामा नेपालीकी श्रृङ्खला खतिवडाले यी दुवै उपाधि जितेकी थिइन् । अनुष्का मिस वर्ल्ड २०१९ को अन्तिम १२ सम्म पुग्न सफल भइन् ।
यस पटक मिस वर्ल्डको ताज भने जमैकाकी सुन्दरी टोनी-एन सिंहले पहिरिइन ।फ्रान्सकी सुन्दरी ओफेली मेजिनो फर्स्ट रनर अप भइन भने भारतीय सुन्दरी सुमन राव सेकेन्ड रनर अप भइन ।


