सुन्दै मन चिसो हुने यो खबरले धेरैलाई मर्माहत पक्कै बनाएको छ। गएको हप्ता मेलबर्नमा एक नेपाली मृत फेला परेको समाचार आयो । तनहुँ गुणदी घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका दिपेन्द्र खनाल आफ्नै घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परे । उनी सन् २००८ मा अष्ट्रेलिया आएका थिए।
तर आज उनी काठको बाकसमा नेपाल जाँदैछन्। उनको पार्थीव शरीर नेपाल लैजान एनआरएनए अस्ट्रेलीया, भिक्टोरीया कन्सुलेट जेनरलको कार्यलय, परिवार लगाएत उनका साथी भाईहरुले मुख्य भुमीका खेलेका छन्।
समस्या सबैमा हुन्छ। तर समस्याबाट भाग्यौ भने त्यो समस्याले झन् बिकराल स्थिती श्रृजना हुन्छ। मृत्यु समस्याको समाधान पक्कै होईन। गार्हो सार्हो सबैलाई पर्छ। भनेका सोचिएका अनि बुनिएका सपनाहरु पुरा हुन्छन् हुँदैन। भएनन् भनेर निराश हुनु, परिवारबाट टाढीएर बस्नु र आत्महत्या गर्नु मात्रै बिकल्प होईन। समस्याका समाधानका बाटाहरु खोजौ। कोही त मन मिल्ने हुन्छ उसँग कुरी शेयर गरौ। ऋण धन, घात, धोका, अबहेलना सबै हुन्छ तर यि सब एकदिन पाईन्छ तर जिवन पाईदैन।
एकचोटी जन्म दिने आमाबुवालाई सम्झौ। हुर्काएर बढाएर यो स्थानमा पुर्याएको समयलाई सम्झौ। आफ्नो मेहीनेत अनि परिश्रमलाई सम्झौ। दिन लाग्यो भन्दैमा होस नगुमाउँ।
जान्नै पर्ने केही कुराहरु
यदि साथीहरुसँग बस्नु हुन्छ भने, साथीका गतिबीधिहरु नियाल्ने गरौ। केही परिवर्तनका संकेत देख्दै हुनु हुन्छ भने सोध्नु होस्। परिवारलाई खवर गर्दिनु होस्। समाजका अगुवाहरु सुचना दिनु होस्। नेपाली राजदुत, कन्सुलेटको कार्यलय अनि बिधार्थीका हकहितका लागि खोलिएका सँघ सँस्थालाई जानकारी गराउनु होस् जसले गर्दा नराम्रो हर्कत हुनबाट जोगाउन सकिन्छ।
अस्ट्रेलीयाको हकमा यि नम्बरमा खबर गर्नु होस्
Beyond blue 1300 22 4636
Lifeline: 13 11 14
Headspace: 1800 650 890

