eNepal

चितवन समाज भिक्टोरीयाले क्रुज पाटीको आयोजना गर्दै

अङ्गेजी नयाँ वर्षलाई नयाँ जोश जाँगर र उमङ्गका साथ स्वागत गर्दै चितवन समाज भिक्टोरीयाको अग्रसरतामा मेल्बोर्नमा क्रुज पाटी आयोजना हुने भएको छ। १५ डिसेम्बर आईतबारका दिन दिउँसो १ बजे देखि ५ बजे सम्म हुने उक्त क्रुज पाटी मेलबर्नस्थित डक्लेण्ड्सको, Dock 9, Central Pier बाट शुरु हुनेछ। 

अस्ट्रेलियामा नेपाली सामुदायिक केन्द्रको निर्माणमा थप सहयोग गर्ने हेतुका साथ सो क्रुज पाटी आयोजना गर्न लागिएको चितवन समाज भिक्टोरियाका अध्यक्ष आत्मा रिजालले बताए।भिक्टोरीयाबासी नेपालीहरुको आफ्नै सामुदायिक भवन बनाउने चाहानालाई मूर्तरुप दिनको लागि अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरले  (Australian Nepalese Multicultural Centre ;ANMC) ले 100 Duncans Lane, Diggers Rest, क्यालडर फ्रिवेको नजिकै जग्गा उपलव्ध भएको जानकारी गराईसकेको छ। १५ एकडमा फैलिएको उक्त जग्गा मेल्बोर्न शहरको मुटुबाट करिब ३३ किमी, क्रेगीबनबाट २७ किमी, डेन्डिनङ्बाट ६९ किमी र होपर्सक्रसिङबाट ३५ किमीको दुरीमा रहेको छ।ANMC सो जग्गा खरीदगर्ने कुरामा लगभग टुङ्गोमा पुगिसकेको बुझिएको छ।

 

यहि सामुदायिक भवन बनाउने सपनालाई साकार बनाउन बिशेष कारणबश ANMC को सदस्यता लिन छुटेकालाई सदस्य बनेर सहयोग गर्न अनि उक्त जग्गा बारे प्रगति बिवरण प्रस्तुत गर्न क्रुज पाटी आयोजना गर्न लागिएको हो। 

चितवन समाज भिक्टोरीयाले समुदायमा रहेका बिभिन्न तह र तप्काका ब्यक्तिहरूलाई एकजुट गराउने र भरपुर मनोरन्जन प्रदान गर्ने सिग्नेचर कार्यक्रमको रुपमा क्रुज पाटीलाई हेरिने गरिएको छ। क्रुज पाटी बिगत ४/५ बर्षदेखि प्रत्येक बर्ष भइरहेको छ। चितवन समाज भिक्टोरियाले सामाजिक क्षेत्रमा आफ्नो सहयोग प्रदान गर्दै आइरहेको छ।

स्रोत:(चितवन समाज भिकोरियाका सदस्य एस. के गौतम सँगको कुराकानीमा आधारित)

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal