अस्ट्रेलीयाको मेल्बोर्न बस्दै आउनु भएका लोक सङ्गीतलाई औधी मायाँ गर्ने अनि मेल्बोर्नमा बिगत लामो समय देखि लोक सङ्गीतका कार्यक्रमलाई निरन्तर संचालन गर्दै आउनु भएका दिपक थापा (DB Thapa)ले कुखुरीलाई चारो बोलको लोक दोहोरी गीत लिएर आउनु भएको छ। उहाँलाई साथ दिएकी छिन् बिन्दु परियारले भने रामजी खाँड र करिस्मा ढकालले फिचरीङ गरेका छन्।
नेप्को ईन्टर्टेन्मेन्ट्स प्रा लीको अफिसियल युट्युभ मार्फत नेपाली साङ्गीतिक बजारमा आएको सो गीतलाई पछिल्लो समयका सर्वप्रीय गायक, सर्जक तथा मोडल प्रकाश शपूतको शव्द र सङ्गीत रहेको छ।
डा. समिर थोकरले निर्देशन गरेको भिडीयोलाई बाशु बरालले खिचेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन्।

