eNepal

मेल्बोर्नमा धेरै नेपालीले रुचाएको ईन्द्रेणी कार्यक्रम आयोजना हुँदै

नेपालको एबिसी च्यानलबाट प्रसारण भईरहेको देश र बिदेशका लाखौ नेपालीहरुले रुचाएको ईन्द्रेणी कार्यक्रम अब मेल्बोर्नमा प्रत्यक्ष हेर्न पाईने भएको छ।कन्डेल कन्सल्ट्यान्सीको मुख्य प्रायोजन रहेको ईन्द्रेणी साँझलाई मल्टीकल्चरल ईभेन्ट्सले आयोजना गर्न लागेको हो। 

पछिल्लो समय चर्चाको शिखरमा रहेको नेपाली पनको आभाष दिलाउने यस कार्यक्रमले समाजमा रहेका दुखी, गरीब र उत्पीडन बर्गलाई अार्थिक सहयोग गरेर धेरैका व्हा व्वाही पाएको छ। बिशेष गरेर प्रवासमा छरिएर रहेका नेपालीहरुले आफुले सकेको सहयोग गर्दै नेपालको दुर्गम भेगमा सेवा प्रदान गर्ने पुलको काम यस कार्यक्रमले गर्दै आएको छ। 

चर्चीत लोकप्रीय गायक एवम् सर्जक कृष्ण कंडेलले चलाउनु भएको ईन्द्रेणीमा पछिल्लो समयकी चर्चीत गायिका टिका सानु पनि रहेकी छिन्।

ईन्द्रणी साँझ आगामी ३० नोभेम्बर शनिवार मेल्बोर्नको ईस्टोनियन हाउसमा साँझ छ बजेबाट आयोजना हुँदैछ। बिधार्थीहरुलाई निशुल्क प्रवेशको व्यबस्था गरिएपनि अन्यको हकमा भने प्री सेल $२० र डोर सेल $२५ राखिएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal