साहित्य संगीत जमघट मेल्बोर्नले लक्ष्मी जयन्तीकाे अवसरमा पारेर नेपाली कविता एवम् गीति क्षेत्रमा विख्यात एवम् लोकप्रीय गीतकार/कवी दिनेश अधिकारीको प्रमुख आथित्यमा आगामी १० नाेभेम्वर आइतबारका दिन दिउँसो १:३० बजे बाट ५ बजे सम्म काेवर्ग लाईब्रेरीकाे मिटिङ हलमा साहित्यीक जमघट कार्यक्रम आयोजना गर्ने भएको छ।
कृति “अतिरिक्त अभिलेख” कविताबाट २०५६ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएका दिनेश अधिकारी नेपाली साहित्यका धरोहरका रुपमा लिने गरिन्छ।
हाल सम्म पाँच सयभन्दा बढी गीत लेखिसक्नु भएका श्रष्टा दिनेश अधिकारीका गीतहरुमा नारायण गोपाल, तारादेवी, गुलाम अली, भक्तराज आचार्यको पुस्तादेखि पछिल्लो पुस्ताका प्रतिनिधि गायक, गायिकाहरु र नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, गोपाल योञ्जनको पुस्तादेखि पछिल्लो पुस्ताका प्रतिनिधि संगीतकारहरुका स्वर/संगीत रहेको छ। उहाँ रत्नश्री स्वर्ण पदक, सर्वश्रेष्ठ गीतकार (रेडियो नेपाल), प्रबल गोरखा दक्षिणबाहु, साझा पुरस्कार, मदन पुरस्कार, छिन्नलता पुरस्कार जस्तो गरिमामय सम्मानबाट सम्मानित हुनुहुन्छ।
उक्त कार्यक्रममा उपस्थिती हुन मेल्बोर्नका सम्पुर्ण साहित्य प्रेमीहरुलाई आयोजकको तर्फबाट आग्रह गरिएको छ। साथ साथै आफ्ना साहित्य रचना बाचन लिएर आउन पनि आग्रह गरिएको छ।

