अस्ट्रेलीयाको मेल्बोर्नमा बस्दै आउनु भएका गीतकार देवल भण्डारीले दशैंको मुखमा चौवन्दीमा सजिएकी बोलको गीत नेपाली सङ्गीत प्रेमीहरुलाई कोशेलीको रुपमा लिएर आउनु भएको छ। दोश्रो नेपाल आईडल विजयी रवी ओढ र दोश्रो नेपाल आईडलको उत्कृस्ठ पाँचमा पर्न सफल गायिका अस्मीता अधिकारीको स्वरमा सजिएको सो गीतलाई दीपक शर्माले संगीत तथा उदयराज पौडेलको संगीत संयोजन गर्नु भएको छ ।
अहिलेका लोकप्रीय कलाकार नायक नाजिर हुसेन, एलिसा राई, गायक रवि ओड र अस्मिता भट्टको अभिनय रहेको चौवन्दीमा सजिएकी “छ माया छपक्कै”लाई शान थापाले निर्देशन गरेका छन् भने राजिव समरको कोरियोग्राफी अनि सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

