eNepal

‘अस्कार अवार्ड’का लागि नेपालबाट फिल्म ‘बुलबुल’ छनौटमा

नायिका स्वस्तिमा खड्काले चलचित्र ‘बुलबुल’मा गरेको उत्कृष्ट अभिनयका लागि श्रीलंकामा आयोजित सार्क फिल्म फेस्टिबलमा ‘जुरी अवार्ड’ जितिन् । उन्को यो नै पहिलो अवार्ड हो ।

विस्वकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा लिइने ‘अस्कार अवार्ड’का लागि नेपालबाट अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलबुल’ छनौटमा परेको छ । २०२० मा आयोजना हुने यस अवार्डको ९२ औं संस्करणका लागि विदेशी फिल्मको विधामा नेपालबाट ‘बुलबुल’ सिफारिस भएको हो ।

 अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि २०१९ अगस्ट ३० सम्ममा दर्शकमाझ रिलिजमा आएका फिल्महरुमध्येबाट ‘बुलबुल’ मात्र सहभागी भएपछि निर्विरोध ‘बुलबुल’लाई छनौट गरेको हो ।

विनोद पौडेलको लेखन तथा निर्देशन रहेको ‘बुलबुल’मा स्वस्तिमा खड्का र मुकुन भुसाल मुख्य भूमिकामा छन् । अन्य कलाकार लक्ष्मी बर्देवा, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, बुद्धि तामाङ, आशिका पाण्डे लगायतको पनि अभिनय छ ।

फिल्मले टेम्पो चालक महिलाको जीवन र मनोविज्ञानको कथा समेटेको छ । 

बुलबुलले सन् २०२० को फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं एकेडेमी अवार्डमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal