eNepal

गुल्मी समाज भिक्टोरीयाको द ग्राण्ड तीज भव्यताका साथ सम्पन्न

अष्ट्रेलियाको मेल्बोर्नमा रहेको गुल्मी समाज भिक्टोरीयाले आयोजना गरेको तीज कार्यक्रम ३०० भन्दा बढिको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको छ। गल्मी समाज भिक्टोरीयाले बिगत लामो समयदेखी गुल्मीमा भईपरी आउने समस्याहरुमा सहयोग गर्दै आएको भिक्टोरीयाको सक्रिय सँस्था हो। 

मेल्बोर्नमा बिगत केही बर्ष देखी तीजका कार्यक्रम आयोजना गर्दै आएको गुल्मी समाजले यो बर्ष पाल्म रेस्टुरेन्टमा नेपाल आईडल सिजन दुई विजेता रवी ओडले मिठा गीतहरु गाएका थिए।

उक्त कार्यक्रममा सालिकराम अर्यालको मादलको तालमा मौलिकता झल्किने तीज गीत गाईएको थियो भने आमा छोरीको सामुहिक नृत्य पनि मुख्य आकर्षणमा रहेको थियो। गुल्मीका अनन्त पचाईको कर्णप्रीय गीतहरुले माहौललाई झन् रमाईलो बनाएको थियो।  डिजे सेसनमा उपस्थित सबैले भर्पुर मज्जा लिएका थिए।

तीज साँझको टिकट शुल्क मार्फत उठेको रकम गुल्मी अर्लाङकोटकी फोक्सोको रोगबाट ग्रसीत वर्षा गौतमलाई सहयोग गर्ने संस्थाका अध्यक्ष गान्धी भट्टराईले बताउनु भयो। यदि यो पुन्यकार्यमा सहयोग गर्न चहानु हुन्छ भने निम्न खातामा आफ्नो स्वईच्छाले रकम सहयोग गर्न सक्नु हुनेछ र रिफ्रेन्समा आफ्नो नाम राख्नु होला।

Account Name: Gulmi Samaj Victoria Australia 

BSB No. 083405

Acc No.356617458

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal