मेलबर्नमा उत्तरी क्षेत्रमा रहेको ईपिंग वोलर्ट नेप्लीज कम्युनिटीले यस बर्षको तिज मेला भव्यताका साथ सम्पन्न गरेको छ। EWNC ( Epping Wollert Nepalese Community) को संयोजकत्वमा यस क्षेत्रका रहेका अन्य नेपाली संस्था Nepalese Neighbourhood Community( लालोर, थोमसटाउन) र डोरिन मेरन्डा नेप्लीज कम्युनिटी समेतको सहयोग र संग्लग्नतामा कार्यक्रम भव्य रुपमा सफल भएको संस्थाका अध्यक्ष हरि खड्काले बताउनुभयो।

कार्यकममा EWNC द्धारा संचालित बालबाटिकाका नेपाली बालबालिकाहरुले सांस्कृतिक पहिरन प्रदर्शन तथा नेपाली मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए। नेपालबाट आएका कलाकारद्वय आशा पुन र उमा गिरीले दिदीबहिनी लगायत सबै उपस्थित नेपालीहरुलाई भरपुर मनोरञ्जन दिए।
करिब छ सय जनाको सहभागिता रहेको उक्त तीज मेलामा यस क्षेत्रका राजनितिक व्यक्तित्व तथा एनआरएनका भिक्टोरिया प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालबाट आउनुभएका अभिभावकलाई निशुल्क दर खुवाएको आयोजक संस्थाका जनाएको छ
बाल मनोरन्जनको कार्यक्रम साथसाथै गीतसंगीत र नृत्यले तीज मेलालाई सफल बनाएको थियो।

पछिल्लाे केहि बर्षयता मेलबर्नका प्रायः सबै क्षेत्रमा नेपालीहरुको उपस्थिति बाक्लिँदै गएका छन । जसको फलस्वरुप फरक फरक क्षेत्रमा बस्ने नेपालीहरुले कम्युनिटी संस्थाहरु गठन गरि कला, चाडपर्व,भाषा र संस्कृति जोगाउन र बृहत नेपाली समुदायबीच मनोरञ्जनको साथसाथै आफनो पहिचानका लागि सक्दो लागि परिरहेकाछन्। यस्ता कार्यक्रमले नेपाली बालबालिकालाई आफ्नो भाषा संस्कृति र चाडपर्वसंग जोड्न मद्दत गर्ने आयोजक संस्थाले बताएको छ। केही नेपालीहरुको पहलमा गत वर्षमात्रै शुरु भएको संस्था EWNC ले आफ्नो नियमीत बार्षिक कार्यक्रम बिशेषमा तीजलाई समेट्दै आएको र भविष्यमा पनि यसले निरन्तरताको सक्दो प्रयास गरिने संस्थाका सचिव बिराट शर्माले बताउनुभयो।

