मेल्बोर्नको पश्चिम भेगमा हिजो शनिबार एमएनसी वेस्टको आयोजना अनि रोयल वेस्ट्रन क्लबको सहकार्यकमा तीज कार्यक्रम नेपाली समुदायको बाक्लो उपस्थितीका बिच सम्पन्न भएको छ। प्रमुख अतिथीका रुपमा मेल्बोर्नका फेडेरल एमपी साथै अस्ट्रेलीयन हाउस अफ रेप्रीजेन्टेटीभ जोयन रायन, बालाराट रिजनल मल्टीकल्चरल काउन्सील चियरपर्सन, ईथनिक कम्युनिटी काउन्सील अफ भिक्टोरीयाका बोर्ड मेम्बर डा. सुन्धरम शिभमलाई, अजि याक्सन एब्रोड फर नेपालका ग्राम केन्ट “बाजे”, भिक्टोरीयाका लागि अबैतानीक राजदुत चन्द्र योन्जन, न्याभ, एनआरएनए लगाएत अन्य बिभीन्न सँघ सँस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

नेपालबाट आउनुभएकी लोकप्रीय लोक गायिका अनि तीज क्वीनको उपनामले चिनीनु भएकी सुनीता दुलालको उत्कृस्ठ तीज तथा अन्य चर्चीत गीतमा उपस्थित सबै जनाले भर्पुर मनोरन्जन लिएका थिए।

कार्यक्रममा नेपालबाट आउनु भएका बा आमा लगाएत सानासाना भाई बहिनीहरुको उपस्थिती पनि बाक्लै देखिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणमा न्याभ बाल चौतारी पश्चिमका साना भाईबहिनीहरुको नृत्य,अनुस्का एण्ड ग्रुपको नृत्य अनि स्वर्णीम ढुङ्गाना, बेदु नेपाल, सन्झिवनी दाहाल र राधीका बोगटीको ग्रुपको नृत्य रहेको थियो। त्यस्तै मेहेन्दी र फेस पेन्टिङ पनि थप आकर्षणका रुपमा रहेको थियो।

डिज ज्याकले बजाएका तीज गीतमा कत्तिपनि नथाकीकन् नन् स्टप दिदी बहिनीहरु नाँचेको देखिन्थ्यो भने बिचबिचमा दाजुभाईहरुले नाँचेर अझ माहौललाई रौनक बनाउनु भएको थियो।
कार्यक्रममा बच्चाहरु देखी बाहेक लगभग ३५०को उपस्थिती रहेको थियो। एमएनसी वेस्टकी सचीव रोशनी श्रेष्ठले स्वागत मन्तब्य दिनु भएको थियो भने अध्यक्ष शङ्कर थापाले धन्यबाद मन्तव्य दिनु भएको थियो।
क्यान्सर पिडीतको सहयोग लागि भनेर ५ डलर प्रवेश शुल्क राखिएता पनि बा आमा र साना भाई बहिनीका निम्ती निशुल्क प्रवेश गरिएको थियो।

