eNepal

कलाकार जति अस्ट्रेलीया आएपछि नेपालमा खडेरी

आजकाल कलाकार खोज्न नेपाल जान नपर्ने भो बोरु नेपालबाट चाँही अस्ट्रेलीयामा बुझ्न थालेको बिशेष श्रोतले बताएको छ। तीजमा नेपालमा कलाकार खडेरी किन लागेको भनेर बुझ्दा आधाउधी अस्ट्रेलीमा भएको जानकारी आएपछि नेपालमा ईभेन्ट आयोजकलाई तनाब श्रृजना भएको छ। 

कलाकार मात्रै नभएर नेता, साँसद अनि मेयरको एक समुहनै अस्ट्रेलीयामा भएकोले नेपालको राजनिती देखी प्रदेशका गतिबिधी सुचारु हुन नसकेको बिशेष श्रोतले जनाएको छ।

बर्ष दिनमै छ सात चोटी ससुराली गएजत्तीकै आउने कलाकार देखी यतै लकेर बस्ने कलाकारहरु प्रसस्तै रहेका छन्। गाउने कलाकार त आएआए चिच्चाउने, टिकटके, कोठे, बाथरुमे कलाकारहरुको घम्साघम्सीले सिड्नीमा आजकाल दर्शक भन्दा कलाकारहरुको उपस्थिती बाक्लिने क्रममा रहेको छ। सिड्नीको ओपेरा हाउस तिर दैनिक जसो दर्जनौ कलाकारहरुले सेल्फी खिचेको बिशेष श्रोतले जनाएको छ। 

नेपालबाट पनि बोरु पैसो चाहिदैन भिषा मात्र हाल्देउ टिकट पनि मै काटौला, अव अस्ट्रेलीया नगएको कलाकार भनेर बेईजतनै हुन आट्यो भनेर रोईकोई गर्ने कलाकारहरुको भिडनै लागेको बताउँछन् ईभेन्ट आयोजकहरु।यस्तै भिडभाड हुने हो भने अब नेपाल चाँही कलाकारलाई भिषा लगाएर बोलाउने स्थिती आउन सक्ने बताउँछन् सरोकारवालाहरु। 

नोट: यो लेखमा कुनै सत्यता छैन। यसलाई केबल गाईजात्राको रुपमा पढेर मनोरन्जन गर्न हुन अनुरोध गर्दछौ। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal