पछिल्लो समय आफ्नो केही तस्बिरका कारण आलोचना खेपी रहेकी साम्राज्ञीले आफ्नो ईन्स्टा स्टोरीबाट आलोचकलाई मुख भरीको जवाफ फर्काएकी छन्। ‘हाथी चले बजार, कुत्ते भोके हजार’ उनले आफ्नो ईन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् । उनले यो स्टाटस प्रेमीसँग तस्बिर आलोचित भएपछि पोस्ट गरेकी हुन् । उनले यो पोस्ट मार्फत आलोचनाले केहि फरक नपर्ने उल्लेख गरेकी छन् । साथै उनले आफुलाई हात्ती र आलोचकलाई कुकुर भन्ने संकेत गरेकी छन् ।



