eNepal

हाँस्छ सिड्नीले रच्यो इतिहास, अष्ट्रेलिया मै पहिलो पटक स्ट्याण्ड अप कमेडी शो भब्यताका साथ सम्पन्न।

देवराज दुलाल
इ-नेपाल
सिडनी, अस्ट्रेलिया

आखाको नजर घुमाउन र रक्सि खाएर हल्लिने कार्यकम त हप्तामा ७ ८ ओटा भन्दा बडि हुन्छ सिडनीमा तर आज दिल खोलेर हास्न पाइयो भन्दै दुइ जना साथीहरु कुरा गदै थिए । म एक छिन् अलमल्ल परे र उनीहरुको नजिकै गएर हास्दै सोधे अरु कार्यक्रममा नहासी फर्किनु हुन्छ र ? उनीहरु हास्दै भने अरु कार्यक्रममा आखाले हेर्छ कानले सुन्छ भित्र दिल बाट हास्ने कार्यक्रम अस्ट्रेलिया आए देखि पहिलो चोटी हेर्दै छम र आनन्द लाग्यो। पक्कैनै नौलो कार्यक्रम भएकाले सबै जना खुसिनै थिए  येति सुने पछि ल रमाइलो गर्नुस भनेर उनिहरु संग बिदा भए।

अस्ट्रेलियामा पनि स्ट्यान्ड अप कमेडी हुदै छ भने पछी धेरै जनाले उसुक्कता देखाउनु भएको थियो तर पनि अहिले सम्मको भन्दा बिल्कुलै फरक कार्यक्रम भएकाले हाम्रो कार्यक्रम हेर्न आउनु हुन्छ कि हुदैन होला भन्ने डर पनि मनमा कता कता थियो तर सोचेको भन्दा बिल्कुल फरक भयो कार्यक्रम र सबैले मन पनि पराइदिनु भयो भन्दै खुसि बेक्त गर्दै थिए कार्यक्रम संचालक सन्दिप सुबेदी।

कार्यक्रममा स्ट्यान्ड अप कमेडीका साथ साथै केहि गीत संगीत पनि रहेको थियो। उक्त कार्यक्रम बेलुकाको ७ बजे देखि ११ बजे सम्म भएको थियो भने कार्यक्रममा कलाकारहरुलाइ उनीहरुको कलाको सम्मान गर्दै र अजै हौसला प्रदान गर्न मायाको चिनो समेत प्रदान गरिएको थियो। कार्यकममा ३ जनालाइ लक्की ड्र गरि मोबाइल र अन्य पुरस्कार बेजेतालाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रम गर्दा केहि जानी नजानी कमि कमजोरी भए अर्को चोटी अजै राम्रो गर्न प्रयास गर्ने आयोजकको भनाइ रहेको छ र आज भएको स्ट्यान्ड अप कमेडी चाडैनै युटुबमा समेत हालिने जानकारी दियका छन्।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal